६५ फिट अग्लो झण्डा फहराइयो

५ बर्ष अगाडि

काठमाडौं - जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । 

शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्¥याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो ।
 
कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले झण्डोत्तलन गर्दै युवाले आइल्यान्ड संरक्षण गरेकामा धन्यवाद व्यक्त गरे । हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराउँदा सकारात्मक सन्देश जाने बताए । 

उनले आइल्याण्डको सरसफाइ र सुन्दरताको काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने सो चोकबाट पश्चिम चितवन र वाइपास सडकतर्फ जाने सडक जोडिएका छन् । 

सो ठाउँमा गोलो आइल्याण्ड बनाएर पानीका फोहोरा, स्तम्भ र बगैँचा बनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया