हिमाली भूभागमा हिमपातको संभावना, पहाडी भेग र तराईमा ?

५ बर्ष अगाडि

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।  

यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।  

५ बर्ष अगाडि

प्रतिक्रिया