'भीसीटीएस' प्रणालीमा प्रविष्टि नगरी मालबस्तु ढुवानी गर्ने १९ कम्पनीलाई जरिवाना

५ बर्ष अगाडि

काठमाडौं - सरकारले राजस्व चुहावट नियन्त्रणका लागि सञ्चालनमा ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस)मा प्रविष्टि नगरी मालबस्तु ढुवानी गर्ने १९ कम्पनीलाई जरिवाना गरेको छ ।

राजस्व अनुसन्धान विभागले माघ ७ र ८ गते गरेको अनुगमन प्रतिवेदनका अनुसार विभिन्न १९ कम्पनीले भीसीटीएसमा प्रविष्ट नगरी मालबस्तु ढुवानी गरेको भेटिएपछि नगद जरिवाना गरेको हो ।

विभागले १९ कम्पनीलाई कुल २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार ती कम्पनीहरुलाई राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार २५ हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया