काठमाडौं - महिलालाई उद्यमशील बनाउन सरकारले भरपुर प्रयास गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
शुक्रवार आयोजना भएको ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ को उद्घाटन गदै उनले महीलालाई आर्थिक रुपमा सबल बनाउनका लागि सहुलियत पूर्ण कर्जादेखि सिप तथा तालिमहरु दिनेखालका कार्यक्रम सरकारले अघि बढाएको बताए ।
उनका अनुसार महिला र पुरुषबीचको विभेदलाई संविधानले अन्त्य गरेको भएपनि व्यवहारिक रुपमा अझै अन्त्य हुन सकेको छैन । यसका लागि महिला आर्थिक र सामाजिक रुपमा बलियो हुन जरुरी रहेको उनको भनाई छ ।
प्रतिक्रिया