काठमाडौं - बी.ओ.के क्यापिटल मार्केट लिमिटेडले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गरेको छ । शुक्रबार सम्पन्न भएको क्यापिटलको विशेष साधारण सभाले सञ्चालक नियुक्त गरेको हो ।
क्यापिटलमा बैंक अफ काठमान्डूको तर्फबाट महेश मिश्र, चन्द्रराज शर्मा र दिपक गौतम तथा सि।एफ।एस रेमिट प्रा।लिको तर्फबाट रबिन्द्र बल्लब पन्त सञ्चालन नियुक्त भएका हुन् ।
यस्तै उक्त संस्थाको ७० औं सञ्चालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको छ ।
प्रतिक्रिया