काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले माउन्ट केटू आरोहण गर्ने समूहलाई स्वागत तथा अभिनन्दन गरेको छ ।
माघ १६ गते शुक्रबार पाकिस्तानमा अवस्थित ज्यानमारा हिमाल भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल चढ्ने समूहलाई बैंकले सम्मान गरेको हो ।
उक्त टोलीले केटूको हिँउद याम ९२०७७ माघ ३ गते शनिबार० मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।
हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया