राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले रु २७ करोड ५० लाख ४३ हजार नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
दोश्रो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानी २० करोड ६ लाख ३८ हजारले बढेर ७२ करोड ६९ लाख ४२ हजार पुगेको छ ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ९ करोड ६७ लाख २२ हजारले घटेर ११ करोड ४३ लाख २ हजारमा झरेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा २१ करोड १० लाख २४ हजार थियो ।
पुस मसान्तसम्म ५८ अर्ब २७ करोड ७० लाख ५९ हजार निक्षेप दायीत्व रहेको बैंकको कर्जा लगानी २७ अर्ब ४ करोड ५५ लाख ८५ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ६६ करोड ९३ लाख २५ रहेको बैंकको कर्जा लगानी यो वर्ष ६ अर्ब ३७ करोड ६२ लाख ६० हजारले बढको छ ।
कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने बढेको छ । गत आर्थिक वर्षमा १.२० प्रतिशत रहेको बैंककको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको ६ महिनामा बढेर २.४२ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्म २ अर्ब ८३ करोड २ लाख १० हजार शेयर पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ८९ लाख २४ हजार रहेको छ । तर बैंकले कर्जा नोक्सानी हुने दर भने अघिल्लो वर्षको तुलनामा घटाएको देखिन्छ । अघिल्लो वर्ष २१०.९२ प्रतिशत रहेको कर्जा नोक्सानी दर यो वर्ष घटेर ९७.५७ प्रतिशतमा आएको छ ।
सहकारी बैँकले आफ्नो पूँजीको ४.६९ प्रतिशत लगानी गरेकोछ । बैंकको कर्जा प्रवाह र निक्षेप संकलनको अनुपात ४४.५७ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ।
प्रतिक्रिया