चन्द्रागिरी हिल्सको शेयर रजिष्ट्रार कार्य ग्लोबल आइएमई क्यापीटलले गर्ने

५ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्सले ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि नियुक्त गरिएको हो । 

उक्त शेयर रजिष्ट्रार सम्बन्धीको सम्झौतापत्रमा बिहीबार चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर जारी गरेको थियो । साथै कम्पनीले शेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट समेत गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया