काठमाडौं - एभरेष्ट बैंकले विश्वको दोस्रो अग्लो हिमाल के टुको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ । उक्त पर्वतारोहण टोलीका सदस्य मिङमा डेविड शेर्पा बैंकको ब्राण्ड फेसको रुपमा रहेको बैंकले जनाएको छ ।
यही माघ ५ गते निर्मल पुर्जाको नेतृत्वमा १० जना नेपाली आरोही टोलीले पाकिस्तानमा रहेको के टु हिमालको सफल आरोहण गरेका थिए ।
नेक बोटल सेपमा रहेको सो हिमालको यो सिजनमा नेपाली टोलीले सफलतापूर्वक आरोहण गरेर स्वदेश फर्किसका छन् । सोही टोलीलाई एभरेष्ट बैंकले राष्ट्रको गौरव बढाएको भन्दै एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
प्रतिक्रिया