काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ बाडँफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँड गरिएको हो ।
उक्त कम्पनीको आईपीओ ५० कित्ता माग गर्ने जति सबैले भने जति नै शेयर पाएका छन् । यस्तै, ५० कित्ता भन्दा बढी शेयरका आवेदन दिएकाले पनि ५० कित्ता शेयर पाएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर भने गोलाप्रथाबाट ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दिइएको छ । त्यो अनुसार उनीहरुले ६० कित्ता शेयर पाएका छन् ।
आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य बनेको थियो । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
बैंंकले गत माघ २ गते सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर बाँडफाँड गरेपछि अब बैंकको चुक्तापूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

प्रतिक्रिया