गुडविल फाइनान्सले कमायो साढे ५ करोडभन्दा बढी नाफा, वितरण योग्य नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौं- गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु ५ करोड ५४ लाख ९१ हजार बराबरको खुद नाफा कमाएको छ । फाइनान्सले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

फाइनान्सले गत आवको सोही अवधीसम्म रु ६ करोड १ लाख १३ हजार बराबरको खुद नाफा कमाएको छ । हाल फाइनान्समा रु २ करोड ४७ लाख बराबरको वितरण योग्य नाफा रहेको छ । 
 
गत आवको पुसमसान्त सम्म रु ११ करोड ५४ लाख १७ हजार खुद ब्याज आम्दानी कमाएको यस फाइनान्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रु ८ करोड २० लाख ४२ हजार खुद ब्याज आम्दानी कमाएको छ । 

गत पुस मसान्तसम्ममा फाइनान्सले रु ७ अर्ब ९२ करोड ५३ लाख  बराबरको निक्षेप संकलन गरेको थियो । चालु आवको सोही अवधी सम्म बैंकले रु ८ अर्ब ३० करोड ६६ लाख बराबरको निक्षेप संकलन गरेको छ । यसैगरी बैंकले समीक्षा अवधीसम्म रु ७ अर्ब ८ करोड  ३५ लाख कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी रु ८६ करोड ७२ लाख रहेको यस फाइनान्सको प्रतिशेयर आम्दानी १४.५८ रुपैंयाबाट घटेर १२.८० रुपैंया कायम भएको छ । बैंकको जगेडा कोषमा रु ४१ करोड २१ लाख बराबर रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया