राष्ट्रिय वाणिज्य बैंकको नाफा २१  प्रतिशतले घट्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु १ अर्ब ७४ करो ८८ लाख बराबरको खुद नाफा कमाएको छ । बैैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैकको यो नाफा रकम गत आवको सोही अवधीको तुलना रु ४६ करोड ६ लाख अर्थात २१ प्रतिशतले कम हो । गत आवको सोही अवधीसम्म बैंकले रु २ अर्ब २० करोड ९४ लाख बराबरको खुद नाफा कमाएको थियो ।

गत आवको पुसमसान्त सम्म रु ५ अर्ब ६ करोड  खुद ब्याज आम्दानी कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रु ३ अर्ब ९१ करोड २ लाख  कमाएको छ । 

गत पुस मसान्तसम्ममा बैंकले रु २ खर्ब ३० अर्ब ९० करोड २६ लाख निक्षेप संकलन  गरेको थियो । चालु आवको सोही अवधी सम्म बैंकले रु २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख निक्षेप संकलन गरेको छ । यसैगरी बैंकले समीक्षा अवधीसम्म रु १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख कर्जा लगानी गरेको छ ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा रु ६४ करोड ९८ लाख घटेर रु २ अर्ब ४१ करोड ५६  सीमित भएको छ । पुस मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा रु १ अर्ब ८० करोड ४४ लाख ६७ हजार  रहेको छ ।

चुक्ता पूँजी रु ९ अर्ब ४७ लाख ९५ हजार ७०० रहेको यस बैंकको प्रतिशेयर आम्दानी नाफा घटेसँगै १०.२३ रुपैयाँले घटेर ३८.८४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषमा रु १३ अर्ब ८९ करोड ६२ लाख  र शेयरधनी कोषमा रु २ अर्ब ६० करोड ६२ लाख  रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया