काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडलको आज(शुक्रबार) १९औं वार्षिक साधारण सभा बस्दैछ । बैंकले आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाटm साधारण सभा गर्न लागेको हो ।
सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ ।
प्रतिक्रिया