नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल इन्भेष्टमेन्ट बैंकले आजदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ।

बैैकले निष्कासन गर्न लागेको कुल ऋणपत्रमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तितर्फ पाउनेछन् भने १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ८० हजार कित्ता समेत) ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।


बैंकले सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । 

बैंकको ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले माघ १६ देखि छिटोमा माघ २० गते मंगलबारसम्म आवेदन दिन पाउनेछन् । निष्काशित सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ऋणपत्रको निष्काशन ढिलो मिति अर्थात माघ ३० गतेसम्म खुला रहने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ । उ

बैंकले यसअघि बिक्री गरेको ७५ करोड रुपैयाँ

५ बर्ष अगाडि

प्रतिक्रिया