सिभिल बैंकको साधारण सभा फागुन ९ मा, बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंक लिमिटेडले फागुन ९ गते आइतवार १०औं वार्षिक साधारणसभा गर्ने भएको छ । 

सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट बैंकको प्रधान कार्यालयबाट विहान ११ बजे सभा आयोजना गर्ने निर्णय भएको हो । उक्त कुराको निर्णय बैंक सञ्चालक समितिको माघ १५ गते बिहीबार बसेको बैठकले गरेको हो ।


उक्त सभाले चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । 

त्यस्तै  साधारणसभा प्रयोजनका लागि बैंकको शेयर दाखिल खारेज (बुक क्लो)  माघ २३ गते एक दिन बन्द रहने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया