क्यानडा पठाइदिने भन्दै ९० लाख ठगी गर्ने एक युवा पक्राउ

५ बर्ष अगाडि

वैदेशिक रोजगारिमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले  धिरज कुमार विश्वकर्मालाइ  पक्राउ गरेको हो ।

ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका घर भई पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । 


विश्वकर्माले आफू विगत लामो समयदेखी विदेश बसेको र युरोप,क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको डिएसपी हमालले बताए ।

विश्वकर्माले पीडित व्यक्तिलाई विभिन्न सहकारी र बैङ्कहरूको चेक समेत दिएको उनले बताए ।
ठगी आरोपमा पक्राउ परेका विश्वकर्मालाई मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया