जो बाइडेनले उल्टाए ट्रम्पका महत्वपूर्ण निर्णय, अब प्रवासीहरुको जीवनसाथी पनि अमेरिका बस्न पाउने

५ बर्ष अगाडि

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका फैसला उल्ट्याएका छन् । सत्ता सम्हाले लगत्तै उनले फैसला उल्ट्याउँदै महत्वपूर्ण निर्णय गरेका हुन् ।

शपथ लिएको सात दिन भित्र उनले केहि ऐतिहासिक निर्णय गरेका छन् । त्यस्तै ट्रम्प सरकारका केहि निर्णय उल्ट्याएका छन् । उनले एचवानबी भीसामा महत्वपूर्ण फैसला गरेका हुन् । उनले एचवानबी भीसाको स्वीकृति दिएका छन् ।

अब अमेरिकामा काम गर्ने प्रवासीहरुको जीवनसाथी पनि त्यहाँ बस्न पाउने भएको छ । यो भन्दा पहिला ट्रम्पले एचवानबी भिसामा रोक लगाएका थिए ।

ट्रम्पले यो अमेरिकाका लागि नोक्शान हुने र आर्थिक रुपमा संकट आउने बताएका थिए । तर पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनले भने एचवानबी भिसा भएकाहरुको जीवनसाथीलाई एच ४ भिसाको रुपमा अमेरिकामा काम गर्ने अनुमति दिएका थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया