काठमाडौं - खुलामुखी योजना 'एनआईबिएल सहभागिता फण्ड'को इकाई राफसाफ तथा फछ्र्यौटमा टि प्लस टू लागू गरिएको छ ।
यसअघि इकाईहरुको राफसाफ तथा फछ्र्यौट प्रणालीमा टि प्ल थ्री हुँदै आईरहेको थियो । यस योजनाको विवरण पुस्तिकामा सो चक्रलाई कार्य प्रणाली तथा दक्षतामा अभिवृद्धि गर्दै घटाउँदै लगिने उल्लेख भए बमोजिम टिप्लस टू लागू गरिएको हो ।
नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस टू कायम गरिएको अभ्यासलाई समेत अनुसन्धान गर्दै माघ १४ गते बुधबारदेखि राफसाफ तथा फछ्र्यौटमा टिप्लस टू प्रणाली लागु गर्न लागिएको योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया