निफ्राको आइपिओ बाँडफाँड भोलि विहान १० बजेबाट सुरु, सबै आवेदकले ५० कित्ता सेयर पाउने

५ बर्ष अगाडि

काठमाडौं - भोलि शुक्रबार बिहान १० बजे नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) को आइपिओ बाँडफाँड हुँदै छ । आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमांडौबाट आइपिओ बाँडफाड  हुने भएको हो ।

बैंकको आईपीओमा कुल आवेदन मध्य १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएको छ ।  त्यस्तै ६ हजार २७६ आवेदन भने बदर भएका भएको छ । 

कुल सदर आवेदकहरु मध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेको क्यापिटलले जनाएको छ ।

५० कित्ताभन्दा बढी आवेदन दिने सबै आवेदकले ५० कित्ता सेयर पाउनेछन् भने बाँकि सेयर तिनै ११ लाख ९४ हजार ४ जना आवेदक मध्यबाट भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले लक्की ड्रमार्फत थप १० कित्ता सेयर  प्राप्त गर्ने छन् । 

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

आईपिओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल एस क्यापिलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया