ज्योति विकास बैंकमा नयाँ सञ्चालक समिति

५ बर्ष अगाडि

काठमाडौं। ज्योति विकास बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचित भएका छन् । आज बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको १३ औं वार्षिक साधारणले सञ्चालक समिति चयन गरेको हो । 

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट हरि प्रसाद, हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध चयन गरेको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया