ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने

५ बर्ष अगाडि

काठमाडौं - ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।  आज बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको १३ औं वार्षिक साधारणले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया