तिनाउ मिसन प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंकको साधारण सभा सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित गरेको छ । 

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१:०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । 

२०७७ साल माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । 

प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा  हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया