नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बोनस कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्सको ३२ औं वार्षिक साधारण सभा सपन्न भएको छ । आज आ।व। २०७५/०७६ बाट प्रस्ताावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी वितरण गर्ने प्रस्ताव पारित गर्दै सभा सम्पन्न भएको हो । 

सभाले बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस पारित भएसँगै इन्स्योरेन्सको कूल चुक्ता पूँजी ३ अर्ब ३९ करोड नाघेको छ ।

यस्तै कम्पनीको कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४।८६ प्रतिशतले बृद्धि भई ८ अर्ब ५ करोड ५ लाख पुगेको छ । 

आ.व.२०७५/७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले वृद्धि भई २६ अर्ब ८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड पुगेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले सो आ.व.मा २ अर्ब ६९ करोड कूल दाबी भुक्तानी गरेको छ । आ.व.२०७५/०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्वीकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया