काठमाडौं – मेगा बैंक चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधीमा ९५ करोड २ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने ६८ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब २८ अर्ब ६२ करोड ४० लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. १ खर्ब २३ अर्ब ३९ करोड ९५ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ३ अर्ब ८९ करोड ७३ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ६ अर्ब ६४ करोड १६ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने २ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. १४ अर्ब ६५ करोड ४९ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा २ अर्ब ९४ करोड ७२ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी १७.९७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया