थापाको हत्यामा संलग्न एक जना पक्राउ,गाँजाको विषयमा हत्या गरेको बयान

५ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रवीण थापाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।  राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको हत्या गरेको अभियोगमा  बाँके नेपालगंज उप –महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार पक्राउ परेका हुन् ।

परियारलाई आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरीएको थीयो ।गाँजाको विषयमा विवाद हुँदा हत्या गरेको युवकले प्रारम्भिक बयान दिएका छन्। थापाको टाउको र अनुहारमा चोट लागेको अवस्थामा माघ २ गते  शव फेला परेको थियो।

उनी  राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, बाँके नेपालगंजमा कार्यरत थिए। पक्राउ परेका युवकलाई आवश्यक कानूनी कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया