आईसिएफसि फाइनान्स कति कमायो नाफा, यस्तो आयो दोस्रो त्रैमासिक विवरण ?

५ बर्ष अगाडि

काठमाडौं – आईसिएफसि फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १६ करोड ८० लाख २७ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड १९ लाख ७० खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने ५ करोड २७ लाख ३  हजार रुपैयाँ रहेको छ । 

कम्पीले समिक्षा अवधीसम्ममा १४ अर्ब १४ करोड ७३ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. ८ अर्ब ९४ करोड १० लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. १ अर्ब २६ करोड ६१ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ३८ करोड ५ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने ११ करोड ४१ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी रु. १ अर्ब २ करोड ४२ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ३५ करोड ५० लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया