काठमाडौं- युनाईटेड फाईनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्त सम्म २ करोड ४३ लाख १७ हजार बराबरको नाफा कमाएको छ । फाईनान्सले हालै सार्वजनिक गरेकोे दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सोही अवधीसम्म फाइनान्सले ४ करोड ११ लाख ८७ हजार बराबरको खुद नाफा कमाएको थियो । यस वर्षको पुसमसान्त सम्म फाईनान्सको खुद नाफा १ करोड ६८ लाख रुपैंयाले कम हो ।
समीक्षा अवधीमा फाईनान्सको खुद ब्याज आम्दानी १६ करोड ३० लाख ६८ हजार रुपैंया रहेको छ । गत आवको पुस मसान्तसम्म १७ करोड ८० लाख २१ हजार रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको थियो । गत आवको तुलनामा फाईनान्सको खुद ब्याज आम्दानी १ करोड ४९ लाख रुपैंयाले कम हो ।
पुस मसान्तसम्ममा १ अर्ब ४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९१८ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी रु ४.६७ र मूल्य आम्दानी अनुपात ७४.९५ गुणा रहेको छ।
गत आवको तुलनामा बैंकको निक्षेप ६९ करोड ५४ लाख रुपैयाँले बढेर ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ४६ करोड २४ लाख रुपैयाँले बढेर ५३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर १०.०६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया