काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १६ करोड ४८ लाख ५ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा १९ करोड १३ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने ८ करोड २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा ३४ अर्ब ५५ करोड १२ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. २७ अर्ब २४ करोड ३३ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ३ अर्ब ३० करोड ४२ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी १ अर्ब ५९ करोड २५ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने ५४ करोड २१ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. २ अब ६० करोड ६६ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ६५ करोड ८७ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी १२.६५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया