काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. २६ करोड ११ लाख ११ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा ३० करोड ७ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १६ करोड ९८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा ३२ अर्ब ७२ करोड १६ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. २७ अर्ब १८ करोड ३१ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. १ अर्ब ८६ करोड २९ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी १ अर्ब ५४ करोड ३५ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने ५७ करोड १२ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ३ अब ४० करोड ८४ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ९३ करोड ७२ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया