महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ३४ करोड ६८ लाख ७१ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधीमा ३० करोड ५० लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १२ करोड ४७ लाख १३  हजार रुपैयाँ रहेको छ । 
बैंकले समिक्षा अवधीसम्ममा ३६ अर्ब ४३ करोड ४  लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. २८ अर्ब ८९ करोड २६ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. २ अर्ब ११ करोड ६ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी २ अर्ब १ करोड ३० लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने ८४ करोड ८४ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी रु. ३ अर्ब ७ करोड २० लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा १ अर्ब ३२ करोड ६ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी २२.५८ रहेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया