काठमाडौं- कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख बराबरको खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको छ ।
गत आवको पुसमसान्त सम्म बैंकले १ अर्ब ५८ करोड १७ लाख खुद नाफा कमाएको बैंकको खुद नाफा १६.४४ प्रतिशतले घटेको छ । समीक्षा अवधीसम्म बैंकको वितरण योग्य नाफा ८० करोड ९५ लाख ८८ हजार रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँ घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ५१ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ।
पुस मसान्तसम्ममा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २५ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य २१८ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३३ गुणा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर १०.१७ प्रतिशतबाट ७६.७ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.२९ प्रतिशतबाट ४.३७ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया