काठमाडौं- सेञ्चुरी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म आउँदा ४६ करोड ६५ लाख ९९ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ ।
गत आवको पुसमसान्त सम्म बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो । गत आवको तुलना बैंकको नाफा १८ करोड ३६ लाख रुपैंया अर्थात २८.२४ प्रतिशतले कम हो ।
बैकले समिक्षा अवधीसम्म ८३ अर्ब ७९ करोड ४० लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जातर्फ भने रु. ६९ अर्ब २५ करोड प्रवाह भएको छ । कम्पनीले बैंक तथा वित्तिय संस्थाहरुलाई रु। २ अर्ब २३ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकको खुद व्याज आम्दानी भने १ अर्ब २२ करोड ३ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ३ करोड ४४ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा १ अर्ब ४५ करोड २५ लाख खुद जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १०.३३, पीई रेसियो २१.२०, प्रतिशेयर नेटवर्थ ११८.८७, तरलता अनुपात २८.०९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया