स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा भारी गिरावट, प्रतिशेयर आम्दानीको अवस्था के छ ?

५ बर्ष अगाडि

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ?. ७२ करोड ७६ लाख ३९ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा १ अर्ब २२ करोड ६९ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने ६१ करोड ६४ लाख ३३  हजार ?पैयाँले रहेको छ । 
बैंकले समिक्षा अवधीसम्ममा ८३ अर्ब ५० करोड ८५  लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले ?. ५३ अर्ब १२ करोड ४८ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई ?. २ अर्ब ७५ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी २ अर्ब ६९ करोड ९१ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने १ अर्ब १५ करोड २१ लाख ?पैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ?. ८ अर्ब ५७ करोड २२ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ५ अर्ब ७७ करोड ६७ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी १९.३६ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया