काठमाडौं – एनएमबी बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ९ करोड २७ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १ अर्ब ५० करोड ९६ लाख ९२ हजार रुपैयाँले रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. १ खर्ब ३७ अर्ब २९ करोड २० लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ५ अर्ब २३ करोड ९५ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ६ अर्ब ८८ करोड ८८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. १४ अर्ब ४४ करोड ७७ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ५ अर्ब १० करोड ९२ लाख राखेको छ ।
प्रतिक्रिया