बढ्यो प्राइम कर्मशियल बैंकको नाफा, प्रति शेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं – प्राइम कर्मशियल बैंक चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ३० करोड ७ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँले रहेको छ । 
बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. १ खर्ब १९ अर्ब २७ करोड ४४ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ५ अर्ब ३ करोड १४ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ६ अर्ब ८६ करोड ६ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने २ अर्ब ९१ करोड ५०  लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी रु. १६ अर्ब ८ करोड ३० लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ४ अर्ब ९४ करोड ७६ लाख राखेको छ । वित्तय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी २२.५५ रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया