काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा १८.८१ प्रतिशतले घटेको छ ।
बैंकले चालु आवको पुुसमसान्त सम्म ६१ करोड ४० लाख ४ हजार बराबरको खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीसम्म ७५ करोड ६३ लाख ४८ हजार नाफा कमाएको थियो । गत आवको सोही अवधीसम्मको तुलना बैंकको खुद नाफा १४ करोड २३ लाख अर्थात १८.८१ प्रतिशतले कम हो । बैंकको हाल वितरण योग्य नाफा ४१ करोड ६६ लाख ७५ हजार रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी चालु आवको पुस मसान्त सम्म १ अर्ब ४४ करोड २९ लाख रुपैंया बराबर रहेको छ । गत आ.व.को सोही अवधीसम्म बैंकको खुद आम्दानी ३ अर्ब ६६ करोड ५४ लाख रुपैंया बराबर रहेको छ । यो आम्दानी गत आवको तुलना २२ करोड ११ लाख रुपैंया कम हो ।
चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँ १३ पैसा रहेको छ ।
बैंकको निक्षेप संकलन ७२ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ९७ अर्ब ९५ करोड रुपैयाँमा पुगेको छ भने कर्जा लगानी ६५ अर्ब २ करोड रुपैयाँबाट ७७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रौसको तुलनामा बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा खरब कर्जा झनै घटाएको छ। वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा २.८२ प्रतिशतबाट घटेर २.४२ प्रतिशतमा झरेको हो।
प्रतिक्रिया