काठमाडौं – बैंक अफ काठमाण्डूले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ७० करोड ८५ लाख ११ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा ८८ करोड ३८ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने ३८ करोड ६२ लाख ८६ हजार रुपैयाँले घाटामा रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा ९३ अर्ब ३५ करोड २८लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. ८५ अर्ब ३२ करोड २३ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ३ करोड ६ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ४ अर्ब १९ करोड २८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने १ अर्ब ५५ करोड १ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ६५ करोड ८१ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ४ अर्ब ८८ करोड राखेको छ । वित्तय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी १४.६७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया