काठमाडौं – सिदार्थ बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ९१ करोड ८७ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा १ अर्ब २ करोड ६५ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १३ करोड ६९ लाख ३७ हजार रुपैयाँले घाटामा रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ५७ अर्ब ७९ करोड १४ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. १ खर्ब ३८ अर्ब ३६ करोड ८७ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ४ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ७ अर्ब २२ करोड ४३ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ७८ करोड ७७ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ७ अर्ब ४१ करोड राखेको छ । वित्तय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी १८.८२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया