काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १ अर्ब ८७ करोड १७ लाख ९७ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ६५ करोड ९५ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १४ करोड ११ लाख २१ हजार रुपैयाँ मात्र रहेको छ ।
बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ३ अर्ब २४ करोड ६५ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. ८८ अर्ब ५२ करोड ५० लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ५ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी ४ अर्ब ५३ करोड ३९ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने १ अर्ब १८ करोड १ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ८ अर्ब ९५ करोड ६२ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ४ अर्ब ८३ करोड राखेको छ । वित्तय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी ११.५० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया