ज्योति विकास बैंकको  १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित भएको छ । 

हिजो बुधबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

१० प्रतिशत बोनश शेयर पारित गरे पश्चात कम्पनीको चुक्तापूँजी रू। ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।

साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट  नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया