एभरेष्ट बैंकको नाफा ५४ करोडभन्दा बढीले घट्यो, वितरण योग्य नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौ- एभरेष्ट बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक दोस्रो त्रैमाससम्म आउँदा ५४ करोड ७९ लाख रुपैंयाले घटेको छ । 

बैंकले चालु आ.व.को पुस मसान्तसम्मले ९६ करोड १९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आ.व.का साही अवधिसम्मको तुलनामा  बैंकको नाफामा ३६.२९ प्रतिशत कमी आएको छ । बैंकले गत आ.व.को सोही अवधीसम्म १ अर्ब ५० करोड ९८ लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ रुपैयाँ ४८ पैसा रहेको बैंकको डाइलुटेड प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ५३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घढेर ०.१९ प्रतिशत पुगेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया