काठमाडौं- हिमालयन बैंक लिमिटेडले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ६२.५० प्रतिशतले घटेको छ ।
गत आ.व.को पुसमसान्त सम्म १ अर्ब ७४ करोड २४ लाख ६ हजार खुद नाफा कमाएको र्बैकको यस वर्षको सोही अवधिसम्म आइपुग्दाँ ६२.५० घटेर ६५ करोड ३२ लाख ६७ हजार बराबरको खुद नाफा कमाएको छ ।
यस्तै र्बैकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ। त्यसैगरी, अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ। जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर ९८ करोडमा झरेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ११ करोड थियो।
चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात बढेर ४७.१० गुणा पुगेको छ।
बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको आधार दर ८.९२ प्रतिशतबाट घटेर ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.३२ प्रतिशतबाट ३.७६ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको बैंकको कोषको लागत ४.६४ प्रतिशत छ।
प्रतिक्रिया