काठमाडौं - महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।
कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया