अबको केहीबेरमै निफ्राको आईपीओ प्रि–अलोटमेन्ट, कति कित्ता शेयर पाइन्छ भन्ने बिषयमा टुंगो लाग्ने

५ बर्ष अगाडि

काठमाडौं – नेपाली पुँजी बजारमा हालसम्मकै सबैभन्दा ठुलो परिमाणको शेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओको प्रि अलोटमेन्ट आज हुने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले निफ्राको आईपीओ आज प्रि अलोटमेन्ट गर्न लागेको हो । 
अबको केहीबेरमा प्रि अलोटमेन्ट हुने बताइएको छ । आज आईपीआ प्रिअलोटमेन्ट गरेर शुक्रबार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

बैंकले गत माघ २ गतेदेखि ६ गतेसम्म इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्काशन गरेको थियो । त्यसमा १ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ४ लाख कित्ता म्यूचअल फण्डका लागि राखेर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

उक्त आईपीओको लागि १५ लाख २९ हजार ४६० जना आवेदकले  १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको आवेदन दिएका छन् । यो कम्पनीले मागेको आईपीओ भन्दा २.३९ गुणा धेरै हो । 
भेरिफिकेशन लगायतका आवश्यक काम टुंग्याएर आज आईपीओ प्रि अलोटमेन्ट गर्न लागिएको हो । आज कति आवेदन रद्द भए र कति आवेदकले कति कित्ता पाउने छन् भनेर टुंगो लाग्नेछ । शुक्रकार बाँडफाँड हुदाँ भने को को व्यक्तिले कति शेयर पाए भनेर छुटाउन सकिन्छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया