काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पुसमसान्तसम्म ११ करोड ३४ लाख २ हजार खुद नाफा कमाएको छ । फाइनान्सले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । कम्पनीले गत आवको सोही अवधीमा १४ अर्ब ३३ करोड ७४ लाख खुद नाफा कमाएको थियो । कम्पनीको वितरण योग्य नाफा भने २ करोड ७९ लाख ५७ हजार रहेको छ ।
कम्पनीले समिक्षा अवधीसम्म ७ अर्ब ८९ करोड ५३ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जातर्फ भने रु. ५ अर्ब ८३ करोड प्रवाह भएको छ । कम्पनीले बैंक तथा वित्तिय संस्थाहरुलाई रु. २ अर्ब ८ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ५० करोड २८ लाख व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १९ करोड ३३ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९६ करोड ५३ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा ३७ करोड ७४ लाख ३३ हजार खुद जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी २३.४९, पीई रेसियो १५.०३, प्रतिशेयर नेटवर्थ १४२.१०, तरलता अनुपात २१.८४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया