काठमाडौं- एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमास ७ करोड ७० लाख ८४ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आ.व.को सोही अवधीको तुलना २ करोड ८० लाख १७ हजार रुपैंयाले बढी हो । गत आ.व.को सोही अवधी सम्म लघुवित्तले ४ करोड ९० लाख ६७ हजार खुद नाफा कमाएको थियो ।
यस्तै समिक्षा अवधिसम्म लघुवित्तले २१ करोड १ लाख ५२ हजार रुपैया बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म लघुवित्तले १३ करोड ६७ लाख ६१ हजार रुपैैया बराबरको खुद ब्याज आम्दनी गरेको थियो । यो आम्दानी गत आ.व.को सोही अवधीको तुलना ७ करोड ३३ लाख ९१ हजार रुपैया बढी हो ।
समीक्षा अवधीसम्म लघुवित्तले १ अर्ब ६७ करोड ८२ लाख निक्षेप रहेको छ । गत आ.व.को पुस मसान्तसम्म लघुवित्तको निक्षेप १ अर्ब ३१ करोड ८५ लाख रहेको थियो । लघुवित्तले चालु आ.व.को पुसमसान्तसम्म ४ अर्ब ९८ करोड ७६ लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ । जुन गत आ.व.को सोही अवधीको तुलना १ अर्ब ५१ करोड ४३ हजार रुपैया बढी हो । गत आ.व.को सोही अवधिसम्म लघुवित्तले ३ अर्ब ४७ करोड ३२ लाख रुपैंया रहेको छ ।
हाल लघुवित्तको चुँक्ता पुँजी ५३ करोड ९८ लाख रुपैया बराबर रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा २४ करोड ३२ लाख रुपैया बराबरको रकम जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रु २८.५६, मुल्य आम्दानी अनुपात ३९.८५ , तरलता अनुपात ७.८१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४५.०७ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ९६८.७७ रहेको छ ।
प्रतिक्रिया