काठमाडौं – ज्योति विकास बैंकले चालु आर्थिक दोस्रो त्रैमासमा रू. ३० करोड ५५ लाख ९९ हजार खुद नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा केही बढी हो । गत आवको सोही अवधीमा बैंकले रु. २८ करोड ८ लाख ३४ हजार खुद नाफा कमाएको थियो । त्यो अनुसार चालु आवको समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा बढेको देखिन्छ । बैंकको वित्तरणयोग्य नाफा भने १५ करोड ७५ लाख ३४ हजार रहेको छ ।
समिक्षा अवधी बैंकले रु. ४४ अर्ब ७५ करोड ८१ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. ३४ अर्ब ४९ करोड ६० लाख प्रवाह गरेको छ । यस्तै, बैंक तथा वित्तिय संस्थालाई रु. ३ अर्ब ३३ करोड ८१ भन्दा बढी कर्जा प्रवाह गरिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. २ अर्ब ३ करोड ९८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. ६४ करोड ८० लाख ८२ हजार रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ३ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ८६ करोड ५९ लाख जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी १७.४९ रहेको छ । यस्तै, प्रतिशेयर कुल सम्पत्ति रु. १४७२.११, मुल्य आम्दानी अनुपात १२.८१, तरलता अनुपात २३.७५, प्रतिशेयर नेटवर्थ १३९.३९ रहेको छ ।
प्रतिक्रिया