काठमाडौं – गरिमा विकास बैंकले चालु आर्थिक दोस्रो त्रैमासमा रू. ३९ करोड ३५ लाख ९० हजार खुद नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा केही बढी हो । गत आवको सोही अवधीमा बैंकले रु. ३२ करोड ५५ लाख ३५ हजार खुद नाफा कमाएको थियो । त्यो अनुसार चालु आवको समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा बढेको देखिन्छ । बैंकको वित्तरणयोग्य नाफा भने २५ करोड २३ लाख ६२ हजार रहेको छ ।
समिक्षा अवधी बैंकले रु. ५३ अर्ब ५ करोड १८ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. ४४ अर्ब १६ करोड ४२ लाख प्रवाह गरेको छ । यस्तै, बैंक तथा वित्तिय संस्थालाई रु. २ अर्ब ३३ करोड ६१ भन्दा बढी कर्जा प्रवाह गरिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. २ अर्ब ४८ करोड ५२ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. ८४ करोड २६ लाख ३४ हजार रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ८३ करोड ३९ लाख जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी २४.३१ रहेको छ । यस्तै, प्रतिशेयर कुल सम्पत्ति रु. १८६६.६३, मुल्य आम्दानी अनुपात १३.६५, तरलता अनुपात २२.७५, प्रतिशेयर नेटवर्थ १४८.०७ रहेको छ ।
प्रतिक्रिया