नेरुडे लघुवित्तको नाफा बढ्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा रु. ७ करोड ४२ लाख २८ हजार खुद नाफा कमाएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको पुससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा ६ करोड ५ लाख ४ हजार खुद नाफा कमाएको बैंकको भनाइ छ । 
समिक्षा अवधीसम्म लघुवित्तले रु. २ अर्ब ४५ करोड ४७ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ रु. ६ अर्ब ९७  करोड ३८ लाख प्रवाह भएको वित्तिय विवरणमा उल्लेख छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ४३ करोड ५४ लाख ७२ हजार कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने २४ करोड ८० लाख रुपैयाँ रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी रु. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । यस्तै, लघुवित्तले आफ्नो जगेडामा रु. ६८ करोड १३ लाख ३१ हजार जम्मा गरेको छ । 
यस्तै, लघुवित्तको खराब कर्जा भने ४.२७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधीमा खराव कर्जा २.१० प्रतिशत थियो । कम्पनीले खराव कर्जाको ३६.७२ प्रतिशत कर्जाको लोन लस प्रोभिजनीङ गरेको छ । 
वित्तिय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ३२.४६ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ३७.८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ २४८.९९, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १७०५.०२, तलरता अनुपात ४.९६ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया