१३५ प्रतिशतले बढ्यो  आरम्भ चौतारी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले सार्वजनिक गरेको  दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार लघुवित्तले ६ करोड २४ लाख १४ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ ।

लघुवित्तले गत आ.व.को सोही अवधिसम्म २ करोड ६५ लाख ३२ हजार खुद नाफा कमाएको थियो । सो नाफा रकम गत वर्षको तुलना १३५.२३ प्रतिशतले बढी हो । 

समीक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६ करोड १० लाख ८५ हजार रुपैंयाले बढेको छ । गत वर्षको पुसमसान्त सम्म ७ करोड १५ लाख ७३ हजार खुद ब्याज आम्दानी कमाएको लघुवित्तको आम्दानी यस वर्ष पुसमसान्त सम्म आउँदा बढेर १३ करोड २६ लाख ५८ हजार पुगेको छ ।

समीक्षा अवधिसम्म २६ करोड ३४ लाख ४८ हजार चुँक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड २० लाख  ५१ हजार रुपैंया रकम रहेको छ । गत वर्षको सोही अवधिसम्म लघुवित्तको जगेडा कोषमा ५ करोड ६५ लाख रुपैया रहेको थियो । 

समीक्षा अवधिसम्म लघवित्तको १ अर्ब ६ करोड  १२ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिसम्म लघुवित्तले ५९ करोड ५१ लाख ८६ हजार रुपैंया निक्षेप संकलन गरेको थियो । यस्तै लघुवित्तको कर्जा प्रवाह चालु आ.व.को पुसमसान्त सम्म ३ अर्ब २८ करोड ८७ लाख रुपैंया रहेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ७१ करोड ५६ लाख रुपैंया बराबरको कर्जा प्रवाह भएको थियो ।

वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी ४७.३८ प्रतिशत, मुल्य आम्दानी २२.७७, तरलता अनुपात ४.५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५०.१२रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया